Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर

भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर

  • 146
    SHARES
  • भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर देवीनगरमा रहेको पाँच रोपनीभन्दा धेरै पर्ती जग्गा कब्जा गरेर निर्माण गरिएको भद्रकुमारी घले सेवा सदनका संरचना भत्काइएको छ ।

    images

    महानगरपालिका-१० कार्यालयले नापी शाखाबाट नापी बोलाएर जग्गा नापजाँच गर्दा सदनले रुद्रमती किनारको पाँच रोपनी भन्दा बढी पर्ती जग्गा कब्जा गरेर संरचना बनाइ भाडामा लगाएको भेटिएको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए ।

    वडा कार्यालयले नाप जाँच गरी पर्ती जग्गामा संरचना बनाएर भाडामासमेत लगाएको विवरण महानगरमा पठाएको थियो । वडा कार्यालयको प्रतिवेदनका आधारमा महानगरपालिकाले आज सदनका संरचना भत्काएको हो । खाली भएको जग्गामा आकर्षक उद्यान निर्माण गरिने वडा कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology