Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

अमेरिकी दूतावासका ११४ कर्मचारी काेराेना संक्रमित, एकको मृत्यु

अमेरिकी दूतावासका ११४ कर्मचारी काेराेना संक्रमित, एकको मृत्यु

  • 166
    SHARES
  • अमेरिकी दूतावासका ११४ कर्मचारी काेराेना संक्रमित, एकको मृत्यु

    काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा अत्यधिक व्यक्तिमा कोभिड-१९ संक्रमणपछि दूतावास क्षेत्रलाई लकडाउन गरिएको छ । दूतावासका एक कर्मचारीको मृत्यु भएको र एक सय १४ कर्मचारीमा कोभिड-१९ संक्रमण पुष्टि भएको युएसए टुडेले दूतावास अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ ।

    धेरै कर्मचारी संक्रमित भएपछि अमेरिकी अधिकारीहरुले अस्थायी कार्यस्थल बनाई प्रशासनिक कामलाई निरन्तरता दिइएको बताइएको छ । 

    दूतावासको स्वास्थ्य एकाईका कर्मचारी शेन पियर्सद्वारा जारी सूचनामा भनिएको छ, 'कोभिड-१९ को संक्रमण काबुलस्थित अमेरिकी नियोगमा समेत देखिएको छ । शुक्रबारसम्म दूतावासका एक सय १४ जना संक्रमित भेटिएका छन् भने एकको मृत्यु भएको छ ।' 

    दूतावास स्रोतका अनुसार अमेरिकी सैनिक अस्पतालमा सघन उपचार एकाइ तयार गरी अक्सिजन चाहिने कर्मचारीहरूलाई सेवा दिइएको छ । 

    भाइरसको पछिल्लो प्रकोपले विभिन्न देशमा रहेका अमेरिकी वैदेशिक सेवा संघ (एएफएसए) लाई प्रभाव पारेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई विदेशमा रहेका सबै सरकारी कर्मचारीहरूलाई केही अपवादको साथ खोप लगाउन पनि आग्रह गरेका छन् । 

    अफगानिस्तानमा देशव्यापी संक्रमणपछि गत हप्ता, अफगानिस्तानका अमेरिकी कूटनीतिक नियोगले दूतावासको कन्सुलर सेक्सनमा भिसा सञ्चालनलाई स्थगित गरेको थियो । 

    दूतावासमासमेत प्रकोपको असर भेटिएपछि दूतावासको कन्सुलर सेक्शनले जुन १३ देखि अनिश्चित समयका लागि अति आवश्यकबाहेकका काम स्थगित गरिरहेको छ ।

    जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अफगानिस्तानमा हालसम्म ९६ हजार पाँच सय ३१ व्यक्तिमा कोभिड–१९ संक्रमण भएको छ भने संक्रमितमध्ये तीन हजार आठ सय ४२ जनाको मृत्यु भएको छ । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology