Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

भारतमा फल्यो विश्वकै महंगो आँप, १ केजीको साढे दुई लाख

भारतमा फल्यो विश्वकै महंगो आँप, १ केजीको साढे दुई लाख

  • 201
    SHARES
  • भारतमा फल्यो विश्वकै महंगो आँप, १ केजीको साढे दुई लाख

    नयाँ दिल्ली । भारतको मध्यप्रदेशको जबलपुरमा एक व्यक्तिले बैजनी रंग भएको विश्वको सबैभन्दा महंगो आँप फलाएको दाबी गरेका छन् ।

    संकल्प सिंह परिहारले जबलपुरदेखि चारगवान सडकस्थित १२ एकड जमिनमा रहेको फार्म हाउसमा विश्वको सबैभन्दा महंगो आँप फलेको दाबी गरेका हुन् ।

    उनले आफ्नो बगैंचामा १४ प्रकारका आँप लगाएका छन् । जसमध्ये बैजनी रंगको फल हुने जापानी प्रजाति टाइओ नो तामागो आँपका ७ वटा बोटहरुमा ती आँप फलेका हुन् । यी आँपहरु जापानको मियाजाकी सहर क्षेत्रमा प्राय टनेलभित्र फलाइन्छ । ती आँपको सुरक्षाका लागि चार जना गार्ड र छ वटा कुकुर फार्ममा खटाइएको छ ।

    संकल्पका अनुसार उनी नरिवलका बिरुवा लिन चेन्नाईको नर्सरीमा जाँदा उनले विभिन्न फलफूलका छ दुर्लभ प्रजातिका १ सय बिरुवाहरु लिएर आएका थिए । त्यही समयमा याे आँप परिहारले यस आँपको नाम आफ्नी आमाको नामबाट दामिनी राखेका छन् ।

    संकल्पका अनुसार भारतका एक व्यापारी एउटै आँपलाई २१ हजार भारुसम्म तिर्न तयार भएका थिए । उनले यो आँप प्रतिकेजी २ लाख ५० हजार भारुमा बिक्री गरिसकेको पनि बताएका छन् । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology