Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

चितवन प्रहरी प्रमुख चढेको गाडीलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते 

चितवन प्रहरी प्रमुख चढेको गाडीलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते 

  • 184
    SHARES
  • चितवन प्रहरी प्रमुख चढेको गाडीलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते 

    काठमाडौं । चितवनको गाईघाटमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ओमप्रसाद अधिकारी चढेको गाडी दुर्घटनामा परेको छ ।

    नारायणगढ-मुग्लिन सडक अन्तर्गत निर्माणाधीन पुल तथा सडकको अवस्थाका बारेमा अनुगमन गरी भरतपुरतर्फ फर्कीरहेको प्रहरीको गाडीलाई काठमाडौं आइरहेको ना ६ ख ६०११ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए । 

    ट्रकको ठक्करबाट प्रहरीको गाडीमा सवार ६ जना घाइते भएका र उनीहरूको उपचार भइरहेको डीएसपी थापाले बताए । ‘घाइते मध्ये प्रहरी प्रमुख अधिकारी र एक जना जवान डिस्चार्ज भइसक्नु भएको छ भने ४ जनाको उपचार हुँदैछ,’ डीएसपी थापाले भने ।

    ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology