Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मर्मत गर्न नसक्दा भेन्टिलेटर गोदाममा थन्किए

मर्मत गर्न नसक्दा भेन्टिलेटर गोदाममा थन्किए

  • 276
    SHARES
  • मर्मत गर्न नसक्दा भेन्टिलेटर गोदाममा थन्किए

    बाँके । मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गोदाममा थन्किएका छन । कोभिड-१९ को समयमा सरकार र विभिन्न दाताले ती भेन्टिलेटर सहयोग गरेका हुन ।

    भेन्टिलेटर बिग्रिएपछि गोदाममा थन्क्याइएको भेरी अस्पतालका चिकित्सक डा.पारस पाण्डेले बताए । ‘भेन्टिलेटर अभावमा कोभिड-१९ का बिरामीको उपचारमा समस्या भएपछि विभिन्न दाताले पाँचवटा उपलब्ध गराएका थिए । मर्मत गर्न नसक्दा गोदाममा थन्किएका छन् ।’ डा.पाण्डेले भने ।

    सरकारले खरिद गरेका २० मध्ये सातवटा भेन्टिलेटर पनि बिग्रिएको उनको भनाइ छ । अस्पतालसित बाँकी रहेका १३ वटा भेन्टिलेटरमा पनि ब्याट्रीको समस्या देखिएको डा.पाण्डेले जानकारी दिए ।

    ‘मर्मतका लागि रकमको खाँचो छ, उपलब्ध हुनासाथ मर्मत गर्छौँ’,डा.पाण्डेले भने । छिनछिनमा बत्ती आउने जाने हुँदा भेन्टिलेटर बिग्रिएका हुन ।

    भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईँले दैनिक छवटा भेन्टिलेटर सञ्चालनमा ल्याएको बताए । जनशक्ति र शय्या अभावले बिरामीलाई सेवा दिन नसकिएको उनको भनाइ छ ।

    ‘प्रत्येक दिन ९० प्रतिशत शय्या भरिभराउ हुन्छन् । नयाँ बिरामीले शय्या पाउन कि पुराना निको हुनुपर्यो, कि सिफारिस भएर अन्यत्र जानुपर्ने हुन्छ ।’ डा.चापागाईँले सघन रोगका बिरामीलाई मात्र आइसीयूमा राखेर उपचार गरिने जानकारी दिए ।

    आइसीयूमा उचाररत बिरामीलाई स्वास फेर्न गाह्रो भएपछि भेन्टिलेटरको आवश्यकता पर्छ । भेरी अस्पतालको आइसीयूमा १५ वटा मात्र बेड छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij