Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

अव्यवस्थित तार हटाउन केबुल र इन्टरनेट कम्पनीलाई निर्देशन

अव्यवस्थित तार हटाउन केबुल र इन्टरनेट कम्पनीलाई निर्देशन

  • 214
    SHARES
  • अव्यवस्थित तार हटाउन केबुल र इन्टरनेट कम्पनीलाई निर्देशन

    झापा । मेचीनगर नगरपालिकाले शहर तथा ग्रामीण क्षेत्रका अव्यवस्थित तार हटाउन केबुल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ ।

    नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर बिहीबार उक्त निर्देशन दिइएको जानकारी दिए ।

    काँकडभिट्टा, धुलाबारी, इँटाभट्टा, चारआली, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी, दुहागढी लगायतका स्थानका अव्यवस्थित तार व्यवस्थित गर्न निर्देशन दिइएको प्रमुख बुढाथोकीको भनाइ छ ।

    ‘शहर, बजार र सडकभरि जताततै केबुल र इन्टरनेट कम्पनीका तार लत्रिएका छन्, यसले मानिस तथा सवारीको आवागमनमा बाधा पुगेको छ’, प्रमुख बुढाथोकीले भने, ‘आफैँ जानेर व्यवस्थापन गर्नुपर्ने हो । लापरबाहीको हद भएपछि नगरपालिका अब ‘एक्सन’मा उत्रिन परेको हो ।’

    तत्काल तार व्यवस्थित नगरिए नगर प्रहरी प्रयोग गर्ने उनको भनाइ छ । नेपाल टेलिकम काँकडभिट्टाका प्रमुख काजिमान विश्वकर्माले अनुमति र सम्झौता नगरी केबुल तथा इन्टरनेट प्रदायक कम्पनीहरुले नेपाल टेलिकम तथा विद्युत्को खम्बामा जथाभावी तार टाँगेर व्यवसाय सञ्चालन गरिरहेको आरोप लगाए ।

    ‘केही कम्पनीले सम्झौता मात्रै गरेका छन्, शुल्क बुझाएका छैनन्,’ विश्वकर्माले भने, ‘अधिकांश कम्पनीले आफूखुसी टेलिकम र विद्युतको पोल प्रयोग गरिरहेका छन् । पटक-पटक पत्राचार गर्दा पनि सम्झौता र रोयल्टी तिर्न अटेर गरेका छन् ।’

    मेचीनगर क्षेत्रमा नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको खम्बा प्रयोग गरेबापत केबुल तथा इन्टरनेट कम्पनीले वार्षिक १८ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको उनको भनाइ छ ।

    गुजुल्टिएका तथा लत्रिएका तारका कारण आगलागी हुने र शहरी सौन्दर्यसमेत बिग्रने हुनाले व्यवस्थित गर्न निर्देशन दिइएको नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij