Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण छ : अध्यक्ष यादव

राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण छ : अध्यक्ष यादव

  • 234
    SHARES
  • राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण छ : अध्यक्ष यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएका छन ।

    संघीय कानुन व्यवसायी संघको पहिलो राष्ट्रिय सम्मेलनको उदघाटनमा उनले नेपाल मात्रै नभई संसारभर ठूला–ठूला परिवर्तनमा कानुन व्यवसायीको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरे ।

    अध्यक्ष यादवले संघीय प्रणालीको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै मुलुकको न्याय प्रणाली निष्पक्ष र स्वतन्त्र बनाइनुपर्नेमा जोड दिए । उनले संघीयताको वास्तविक कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक भएको दाबीसमेत गरे ।

    पार्टीलाई विधि र बौद्धिक दिशा दिनेतर्फ लैजान संघले भूमिका खेल्नुपर्ने भन्दै अध्यक्ष यादवले न्यायालय समावेशी हुनुपर्ने माग गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij