Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कोरोना संक्रमणबाट बागलुङमा ५० जनाले गुमाए ज्यान

कोरोना संक्रमणबाट बागलुङमा ५० जनाले गुमाए ज्यान

  • 1.1K
    SHARES
  • कोरोना संक्रमणबाट बागलुङमा ५० जनाले गुमाए ज्यान

    काठमाडौं । बागलुङकाे बडिगाड गाउँपालिका-६ की कोरोना भाइरस संक्रमित २६ वर्षीया महिलाको गएराति उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको छ । 

    एन्टिजिन परीक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।

    अस्पताल आउँदा नै महिलाको अवस्था गम्भीर बनेको र चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको स्वास्थ्य कार्यालयका कोभिड-१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए ।

    योसँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij