Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन गर्न महासंघको माग

अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन गर्न महासंघको माग

  • 300
    SHARES
  • अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन गर्न महासंघको माग

    काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन हुने व्यवस्था गर्न माग गरेको छ ।

    महासंघले आज काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै वडा अध्यक्ष नै स्वतः व्यवस्थापन समिति अध्यक्ष हुने निर्णय खारेज गर्न पनि माग गरेको हो ।

    महासंघका अध्यक्ष गुणराज मुक्तानले महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्र बुझाए ।

    काठमाडौं महानगरको विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णयको विरोध जनाउँदै महासंघले ज्ञापनपत्र बुझाएको उनले उल्लेख गरे ।

    उक्त ज्ञापनपत्र बुझ्दै उपप्रमुख डंगोलले महासंघले उठाएको विषयमा छलफल गर्ने वचन दिएको अध्यक्ष मुक्तानले बताए ।

    काठमाडौं महानगरपालिकामा रहेका सामुदायिक विद्यालयहरूको वर्तमान व्यवस्थापन समिति विघटन गरी वडा अध्यक्षहरूको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने हालै काठमाडौं महानगरले निर्णय गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # अभिभावक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij