वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले आज जवाफ दिने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि आह्वान गरिएको बैठकमा सभापति देउवाले बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिन लागेका हुन् ।
गत साउन २ गतेदेखि जारी बैठकमा सबै केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् ।
सोमबार बसेको बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा आ-आफ्ना धारण व्यक्त गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij