वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार जम्मा ३३७ जना कोरोनाका नयाँ संक्रमित भेटिए ।
कोरोनाको सबैभन्दा ठूलो हटस्पट बनेको उपत्यकामा अहिले संक्रमण दर ओरालो लागेको हो ।
देशभरको तुलनामा आधा संक्रमित काठमाडौं उपत्यकामा मात्र हुने गर्थे । अहिले जारी निषेधाज्ञा र महामारीबाट बच्न स्थानीयले अपनाएका जनस्वास्थ्य मापदण्डका कारण संक्रमण दर घट्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार उपत्यकाका तीन जिल्लामा कुल ३३७ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।
थपिएकामध्ये काठमाडौंमा २०१ जना, ललितपुरमा ९२ जना र भक्तपुरमा ४४ जना रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्याकंमा छ ।
देशभर शनिबार २४०१ जना नयाँ संक्रमित थपिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij