Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सिन्धुपाल्चोकको हेलम्बुमा बाढीमा परेका २३ जना अझै बेपत्ता

सिन्धुपाल्चोकको हेलम्बुमा बाढीमा परेका २३ जना अझै बेपत्ता

  • 635
    SHARES
  • सिन्धुपाल्चोकको हेलम्बुमा बाढीमा परेका २३ जना अझै बेपत्ता

    सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ ।

    गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको  भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका गाउँपालिकाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । 

    बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेका छन् । ती मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् । गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण  पनि सार्वजनिक गरेको छ । बाढीमा परी बेपत्ता हुनेको संख्या अझ बढ्ने जनाइएको छ ।

    गाउँपालिकाले आज नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम  रहेको जनाउँदै उच्च सावधानी तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ । ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij