Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

भारतमा बाघको संख्या तीन हजार ६०० भन्दा बढी

भारतमा बाघको संख्या तीन हजार ६०० भन्दा बढी

  • 257
    SHARES
  • भारतमा बाघको संख्या तीन हजार ६०० भन्दा बढी

    एजेन्सी । लोपोन्मुख प्रजातिका बाघको संरक्षण प्रयासको पुष्टि गर्दै शनिबार सार्वजनिक गरिएको नयाँ सरकारी तथ्यांकअनुसार भारतमा बाघको संख्या तीन हजार ६०० नाघेको अनुमान गरिएको छ ।

    कुनै बेला मध्य, पूर्वी र दक्षिणी एसियामा बाघको अत्यधिक चहलपहल हुने गर्दथ्यो तर पछिल्लो शताब्दीमा बाघले आफ्नो ऐतिहासिक दायराको करिब ९५ प्रतिशत हिस्सा गुमाइसकेको छ ।

    भारतमा हाल विश्वका ७५ प्रतिशत बाघ रहेका छन् र क्यामेरामा आधारित सर्वेक्षणपछि अप्रिलमा बाघको संख्या बढेर तीन हजार १६७ पुगेको भारतले घोषणा गरेको छ ।

    वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डियाले गरेको सोही सर्वेक्षणको तथ्यांकलाई थप विश्लेषण गर्दा देशभर बाघको औसत संख्या तीन हजार ६८२ रहेको अनुमान गरिएको सरकारले जनाएको छ ।

    यो आँकडाले वार्षिक ६.१ प्रतिशतको प्रशंसनीय वार्षिक वृद्धिदर लाई प्रतिबिम्बित गरेको छ । बाघको वासस्थान र करिडोरको संरक्षणका लागि निरन्तर प्रयासहरू भारतको आगामी पुस्ताका लागि बाघ र उनीहरूको पारिस्थितिकीय प्रणालीको भविष्य सुरक्षित गर्न महत्वपूर्ण छन् ।

    सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा बाघको संख्या करिब ४० हजार रहेको अनुमान गरिएको थियो ।

    त्यसपछिका दशकहरूमा यो संख्या घटेर सन् २००२ मा तीन हजार ७०० मा झरेको थियो र त्यसको चार वर्षपछि यो संख्या एक हजार ४११ मा झरेको थियो ।

    वन फँडानी, चोरी सिकारी र बासस्थानमाथिको मानवीय अतिक्रमणले एसियाभरि बाघको संख्यालाई तहसनहस पारेको छ ।

    जनसहभागिता’ र ‘देशको संरक्षणको संस्कृति’ को कारण भारतले बाघको संख्यया बढाउन सफल भएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले गत अप्रिलमा बताए ।

  • सम्बन्धित विषय:

  • # भारत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij