Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

भारतीय सीमा क्षेत्र तिंकर, छाङ्ग्रुमा सात महिनादेखि फोन सेवा अवरुद्ध

भारतीय सीमा क्षेत्र तिंकर, छाङ्ग्रुमा सात महिनादेखि फोन सेवा अवरुद्ध

  • 831
    SHARES
  • भारतीय सीमा क्षेत्र तिंकर, छाङ्ग्रुमा सात महिनादेखि फोन सेवा अवरुद्ध

    दार्चुला । हिमपातले दार्चुलाकाे व्यासमा स्काई फोन टावरको अधिकांश सामग्रीमा क्षति पुर्याएपछि तिंकर र छाङ्ग्रुमा स्काई टावर सात महिनादेखि अवरुद्ध छ ।

    images

    छाङ्ग्रुमा रहेका स्थानीयवासी र सशस्त्र प्रहरीको समय बिताउने कहिलेकाहीँ भायनेटले काम गर्छ । त्यो पनि दुई दिनसम्म बिग्रिएपछि त्यहाँ समस्या भएको छ ।

    तिंकरका नागरिकले गत वैशाखमा कुञ्चा सरेयता फोन सम्पर्क गर्न पाएका छैनन् । छाङ्ग्रुमा कहिलेकाहीँ भायनेटले काम गरे पनि तिंकर पूरै सञ्चारविच्छेद छ । तिंकर र छाङ्ग्रुमा स्काई टावर बने पनि फोन लाग्दैन ।

    नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिकाको वडा नं १ छाङ्ग्रु र तिंकरमा फोन प्रभावकारी नहुँदा स्थानीयवासीले मात्र नभई सुरक्षाकर्मीले समेत सास्ती खेप्नुपरेको छ ।

    निरन्तर भइरहेको वर्षाका कारण सशस्त्र प्रहरीसँग रहेको दुईवटा ल्याण्डलाइनमा समेत समस्या आउने गरेको छ । 'घाम नलागे फोनले काम गर्दैन', एक सशस्त्र प्रहरीले भने, 'चार्ज गर्न विद्युत् छैन । घाम नलागेका कारण सोलार सिस्टमले काम गरेको छैन । भायनेट दुई दिनसम्म नचलेर निकै सकस भयो ।'

    यस ठाउँमा अझै फोन सेवा सञ्चालन अनिश्चित छ । 'नेपाल टेलिकमको स्काई टावर सञ्चालन गर्नका लागि प्राविधिकहरुको टोली तयारी अवस्थामा छन् तर जानलाई बाटोघाटो छैन', टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले भने । 

    नेपाल-भारत दुवै ठाउँपट्टि बाटो अवरुद्ध छ । भारतीय बाटो भएर जानलाई पाससमेत बनाइएको छ । त्यहाँ पनि गर्वाधार क्षेत्रमा गत मंगलबार गएको पहिराेका कारण सडक अवरुद्ध छ । नेपालतिर जान सम्भव छैन । कल्जुभन्दा माथिल्लो क्षेत्र पूरै अवरुद्ध छ । चार दिनभन्दा बढी पैदल हिँडेर बर्खाको समयमा जान सकिने अवस्था नरहेको उनको भनाइ छ ।

    टेलिकमको टावरमा उपकरण राखेको भवन पूरै क्षतिग्रस्त छ । के-के उपकरण क्षति भयो यकिन छैन । हिमपातले टेलिकमको भवनको छत उडाएपछि भवनभित्र रहेको टेलिकमको बिटिएस, रेडियो सिस्टमलगायतमा क्षति भएको अनुमान गरिएको छ ।

    तिंकरमा छाङ्ग्रुको स्काई फोनले समेत काम गर्दैन । यहाँ गएका स्थानीयवासीलाई कुनै समस्या भइहाले पनि आफन्तसँग सम्पर्क गराउन हम्मेहम्मे हुने गरेको छ ।
     
    छाङ्ग्रुमै नमस्ते फोनको टावर जडान गरिएको छ तर नमस्ते फोन सेवा सञ्चालनका लागि सुन्सेराको कैचुलामा रिपिटर टावर राख्नुपर्ने हुन्छ ।

    कैचुलामा रिपिटर टावरका लागि भवन निर्माण गरिएको छ । यो क्षेत्रमा टावरको बाँकी काम जडान हुन नसकेको टेलिकम दार्चुलाले जनाएको छ । छाङ्ग्रुमा बन्न लागेको नमस्ते फोनको टावरमा फोरजी सेवासहित सञ्चालन हुनेछ ।

    भारतीय सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार भारतीय सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार

  • सम्बन्धित विषय:

  • # दार्चुला

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology