Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भक्तपुरको  ख्योपुखुमा दर्शनार्थीको घुइँचो

भक्तपुरको  ख्योपुखुमा दर्शनार्थीको घुइँचो

  • 290
    SHARES
  • भक्तपुरको  ख्योपुखुमा दर्शनार्थीको घुइँचो

    भक्तपुर । अधिक साउन पूर्णिमाको अवसरमा आज भक्तपुर नगरपालिका-२ महाकालीस्थित ख्योपुखुमा दर्शनार्थीको घुइँचो लागेको छ ।

    अधिकमासमा एक महिना मेला लाग्ने यस ख्योपुखुमा मत्स्यनारायण दर्शनका लागि भक्तजनको मेला लाग्ने गर्दछ ।

    आजको दिन ख्योपुखुमा नुहाइधुवाइ गरी चोखो लुगा लगाएर मत्स्यनारायण महादेवलाई गंगाजल, पञ्चामृतले स्नान गराइ केरा, हरियो काँचो केराउ, मालपुवा चढाइ घिउको दियो बाल्ने परम्परा रहेको छ ।

    आजको दिन ख्योपुखुमा स्नान गर्नाले शरीरमा भएका घाउ खटिरा निको हुनुका साथै मस्यनारायणको पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने धार्मिक मान्यता छ ।

    त्यसैगरी अधिक साउन पूर्णिमाका अवसरमा आज ख्योपुखुलगायत भक्तपुरको उद्योग क्षेत्र कालढचा, छालिङ र यातु महादेवस्थित नारायणको मन्दिरमा समेत मेला लागेको छ ।

  • सम्बन्धित विषय:

  • # भक्तपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij