Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एकै गाउँका १९ जनामा भाइरल हेपाटाइटिस 

एकै गाउँका १९ जनामा भाइरल हेपाटाइटिस 

  • 231
    SHARES
  • एकै गाउँका १९ जनामा भाइरल हेपाटाइटिस 

    बैतडी । पाटन नगरपालिका-४ चिल्लेपानीमा भाइरल हेपाटाइटिस फैलिएको छ । यहाँका १९ जनामा भाइरल हेपाटाइटिस देखिएको हो ।

    एकै घरका तीन बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा खोज गर्दा थप १६ जनामा यस्तो लक्ष्यण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

    भाइरल हेपाटाइटिस देखिएका तीन बालबालिकामध्ये एकजनालाई थप उपचारका लागि धनगढी पठाइएको र दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए ।

    गाउँका तीन बालबालिका उपचारका लागि जिल्ला अस्पताल आउँदा हेपाटाइटिस देखिएको थियो । प्रमुख भट्टले भने, ‘उपचारका लागि आएका बालबालिकामा हेपाटाइटिस पुष्टि भएपछि गाउँमै गएर परीक्षण गरिएकामा थप १६ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।’

    स्वास्थ्य कार्यालय र नगरपालिकाले संयुक्तरुपमा भाइरल हेपाटाइटिसका बिरामीहरु खोजी गरिरहेको छ । भाइरल हेपाटाइटिस प्रकोपका रुपमा नफैलियोस् भन्ने उद्देश्यले बिरामीहरु खोजी गरी उपचार गर्न लागिएको उक्त कार्यालयले जनाएको छ ।

    दूषित पानी, खानपानलगायत प्रयोगका कारण भाइरल हेपाटाइटिस हुने गर्दछ । भाइरल हेपाटाइटिस भएका बिरामीहरुमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, जन्डिस हुने, पिसाबमा रगत देखिनेजस्ता लक्षणहरु देखापर्ने गरेका छन । यो रोगबाट बच्न शुद्धीकरण गरेको पानी मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन ।

    नगरपालिका-४ मा भाइरल हेपाटाइटिसका बिरामी भेटिएपछि सो ठाउँमा रहेका खानेपानीका मुहानको पानी परीक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।

    भट्टले भने, ‘हेपाटाइटिस देखिएपछि गाउँमा रहेका मुहानहरुको पानी परीक्षणका लागि संकलन गरेका छौँ ।’ यसअघि नमूनाका रुपमा यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भेटिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij