Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पर्यटनमन्त्री अरगरियाद्वारा पशुपति क्षेत्रमा राम मन्दिरको शिलान्याश 

पर्यटनमन्त्री अरगरियाद्वारा पशुपति क्षेत्रमा राम मन्दिरको शिलान्याश 

  • 788
    SHARES
  • पर्यटनमन्त्री अरगरियाद्वारा पशुपति क्षेत्रमा राम मन्दिरको शिलान्याश 

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आइतबार पशुपतिनाथ मन्दिर क्षेत्र परिसरभित्र रहेको राम मन्दिरको शिलान्यास गरेका छन् । 

    images

    भूकम्पबाट क्षतिग्रस्त बनेको मन्दिरको ७ करोड लागतमा पुनः निर्माण सुरु भएको हो । उनले सोही अवसरमा पशुपति क्षेत्र विकास कोषको निरीक्षण र पशुपति मन्दिर दर्शन गरेका थिए । 

    शिलान्यासपछि उनले मन्दिर निर्माणले धार्मीक पर्यटनमा थप टेवा पुग्ने उल्लेख गर्दै तोकिएको समय सीमाभित्र राम मन्दिरको निर्माण सक्न निर्देशन दिए । उक्त मन्दिरको निर्माण साढे दुई वर्षभित्र सक्ने गरी काम सुरु भएको हो । मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचिमा परेको सम्पदा पुनः निर्माण गर्दा कुनै पनि संरचनागत परिवर्तन नहुने स्पष्ट पारे । 

    umashankar-argariya.1jpg.jpg

    अरगरियाले मन्दिर क्षेत्रमा बस्ने साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण कार्य हुने र कसैलाई पनि त्यहाँबाट निकाल्ने वा अवहेलना हुने वातावरण आउन नदिने प्रतिवद्धता जनाए । 

    कार्यक्रममा कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा र सदस्य सचिव प्रदीप ढकाल, जसपाका युवा नेता मनिष मिश्रा, कोषका पदाधिकारी, साधुसन्त र भक्तजन सहभागी थिए ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology