Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

२३.४२ अंकले घटेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार 

२३.४२ अंकले घटेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार 

  • 1.0K
    SHARES
  • २३.४२ अंकले घटेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार 

    काठमाडौं । कारोबारको दोस्रो घण्टामा आइतबार नेप्से परिसूचक २३.४२ अंकले घटेको छ । यस अवधिमा परिसूचक ०.७९ प्रतिशतले घटेर २ हजार ९ सय ४५.०१ विन्दुमा पुगेको हो ।

    images

    दोस्रो घण्टाको अवधिमा २ सय २३ वटा कम्पनीको ४ अर्ब ९२ करोड १८ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४८ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    सो अवधिसम्म कम्पनीको शेयर मूल्य १ हजार ९ सय ९ रुपैयाँमा कारोबार भइरहेको छ ।

    दोस्रो घण्टामा कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.४९ प्रतिशतले बढेको छ भने बाँकी बैंकिङ,व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत् वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवनबीमा र लगानी समूहको परिसूचक घट्दा नेप्से घटेको हो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology