Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

  • 230
    SHARES
  • बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

    बाँके । शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका २८८ महिलाको उद्धार गरेको छ ।

    सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ । यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट चार र कोहलपुर बसपार्कबाट १७ महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए ।

    उद्धार गरिएकामध्ये बाँकेका ५८ र बर्दियाका ४२ महिला छन् । अहिलेसम्म जिल्लाका सबै नाकामा ४० हजार पाँच सय ४६ जनालाई सूचना तथा परामर्श दिएको सुवेदीले बताए ।

    सुवेदीका अनुसार एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी चारवटा मुद्दा दर्ता भएका छन् । उनले भने, ‘खुला सीमा भएका कारण मानव बेचबिखन रोकथाममा चुनौती छ ।’

    गरिबीका कारण अवसर खोज्दा दलालको चङ्गुलमा फस्ने खतरा रहेको उल्लेख गर्दै संयोजक सुवेदीले मानव बेचबिखनको जोखिममा रहेकाको उमेर समूह १८ देखि २५ वर्ष रहेको जानकारी दिए ।

    पुनःस्थापना गृह बाँकेकी संयोजक सिर्जना गौतमले नयाँ-नयाँ तरिका अपनाएर मानव बेचबिखन गर्न थालिएको जानकारी दिए ।

    आर्थिक वर्ष २०७९/८० मा भारतबाट उद्धार गरिएकाको संख्या २२ रहेको छ । संस्थामा खोजतलासका लागि परेका एक सय ७२ निवेदनमध्ये एक सय २४ जना भेटिएको तथ्यांक छ । 

  • सम्बन्धित विषय:

  • # बाँके

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij