Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चितवनमा ४० हजार चालकलाई कारबाही

चितवनमा ४० हजार चालकलाई कारबाही

  • 204
    SHARES
  • चितवनमा ४० हजार चालकलाई कारबाही

    चितवन । गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार ६६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । 

    चालकलाई कारबाही गर्नेक्रममा तीन करोड ४५ लाख ३८ हजार  राजस्व संकलन भएको छ । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो ।

    कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक ७ हजार ७५, बस तथा माइक्रोबसका चालक ४ हजार एक सय ९४, जीप तथा कारका चालक ७ हजार सात सय १२, ट्र्याक्टर चालक १ हजार ६०९, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार१०७ र टेम्पो तथा अटोरिक्सालगायत सवारीसाधनका चालक ६ हजार ९६७ रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।

    गत आवमा तीन सय तीन सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा एक सय ७० जना गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको उनले बताए ।

    सबैभन्दा बढी जिल्लाका भित्री सडकमा एक सय ४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ-मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका सहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij