Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गौर हत्याकाण्ड पीडित संघर्ष  समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

गौर हत्याकाण्ड पीडित संघर्ष  समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

  • 222
    SHARES
  • गौर हत्याकाण्ड पीडित संघर्ष  समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई वार्ताका लागि बोलाएका छन् ।

    प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै अनसनरत समितिका संयोजक रूपसागर देवी उपाध्यायलाई आन्दोलनको कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आग्रह गरेका हुन् ।

    वार्ताका लागि शनिबारको समय तय गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ ।

    सचिवालयले भनेको छ, ‘संयोजक रुपसागर देवी उपाध्यायलाई वार्ताका लागि आग्रहपत्र पठाएको छ । आग्रह पत्रमा संघर्ष समितिको आन्दोलनबारे सरकारको ध्यानआर्काषण भएको छ ।’

    पीडितको मागबारे वार्ता सम्वादका माध्यमबाट तत्काल समाधान गर्न आग्रह गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij