Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता पुनर्स्थापित

कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता पुनर्स्थापित

  • 208
    SHARES
  • कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता पुनर्स्थापित

    नयाँ दिल्ली । कांग्रेस नेता राहुल गान्धीको सांसद पद सोमबार पुनर्स्थापित भएको छ। उनी लोकसभा सदस्य पदमा पुनर्स्थापित भएको सूचना पनि जारी गरिएको छ । राहुल गान्धीले मोदी थरको विषयमा गरेको टिप्पणीमाथि परेको मानहानीको मुद्दामा उनलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । त्योसँगै उनको सांसद पद पनि निलम्बन भएका थियो । 

    लोकसभा अध्यक्ष ओम बिरलाले राहुल गान्धीको सदस्यता बहाल गरेको सूचना जारी गरेका हुन । मोदी उपनाम मुद्दामा सर्वोच्च अदालतले राहुलमाथि तल्लो अदालतले गरेको सजायमा रोक लगाउन आदेश दिएपछि लोकसभा सचिवालयले राहुलको सदस्यता पुनर्स्थापनाको सूचना जारी गरेको हो । वायनाडबाट सांसद जितेका कांग्रेस नेता राहुलले अब संसदको मनसुन सत्रमा भाग लिन सक्छन् । 

    यो खबरले कांग्रेस नेताहरुमा उत्साह छाएको छ । गान्धीकाे सांसद पद बहाल भएकाे खबरले लोकसभाका कांग्रेस नेता अधीर रञ्जन यति धेरै खुसी भए कि उनले पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेको मुखभरि मिठाई काेचिदिए ।

    कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले राहुल गान्धीको सदस्यता पुनर्स्थापना स्वागतयोग्य कदम भएको बताए । शुक्रबार सर्वोच्च अदालतले तल्लो अदालतको आदेशलाई उल्ट्याएसँगै उनको सांसद बहाल हुने बाटो खुलेको थियो । न्यायाधीशहरूले अयोग्यताको असर व्यक्तिको अधिकारमा मात्र नभई मतदातालाई पनि असर गर्ने बताएका थिए । 

    १३ अप्रिल २०१९ मा गुजरातका पूर्व मन्त्री पूर्णेश मोदीले कर्नाटकको कोलारमा एउटा चुनावी सभामा मोदी उपनामको बारेमा कथित विवादास्पद टिप्पणी गरेको भन्दै राहुलविरुद्ध आपराधिक मानहानि मुद्दा दायर गरेका थिए। बैठकमा राहुलले भनेका थिए, ‘सबै चोरको एउटै उपनाम मोदी कसरी हुन सक्छ ?’

  • सम्बन्धित विषय:

  • # राहुल गान्धी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij