Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

  • 180
    SHARES
  • राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गरेकी छिन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा आज भएको सो भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

    भेटमा राष्ट्रपति पौडेलले सन् २०२२ मा संयुक्त राष्ट्रसघीय जलवायु सम्मेलन (कोप-२७) सफलतापूर्वक सम्पन्न गरेकामा इजिप्ट सरकारलाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij