काठमाडौं । केही प्रावधानालाई खुकुलो बनाएर काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञालाई एक हप्ता थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज अपरान्ह बसेको बैठकले खुकुलो प्रावधानसहित १४ असारसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
थप भएको निषेधाज्ञामा निजी सवारी साधन र ट्याक्सीलाई जोरविजोर प्रणालीमा चलाउन पाइने छ भने पसलहरुलाई बारअनुसार खोल्न दिइने भएको छ । अहिलेको प्रावधनअनुसार हार्डवेयर पसल भने दैनिक खोल्न पाइने छ ।
जोर बार (सोमबार, बुधबार र शुक्रबार) सपिङ मल, खेलकुद सामान पाइनेपसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल खोल्न पाइने छ । यसरी खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म मात्र खोल्न पाइनेछ ।
बिजोर बार (आइतबार, मंगलबार र बिहीबार) सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । सवारीका पार्टपुर्जा पाइने पसल पनि यो दिन खुल्नेछ ।
हेर्नुहोस् सूचना




Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij