Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सर्पले डसेर सर्लाहीमा बालकको मृत्यु

सर्पले डसेर सर्लाहीमा बालकको मृत्यु

  • 176
    SHARES
  • सर्पले डसेर सर्लाहीमा बालकको मृत्यु

    सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका-५, मोहनपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका अन्दाजी वर्ष १२ का छोरा नुरसैद्द अन्सारीको विषालु करेत सर्पको डसाईबाट मृत्यु भएको हो ।

    नुरसैद्द ईश्वरपुर नगरपालिका-१३ श्रीनगरस्थित मामाघरमा बस्ने गरेका र राति अन्य बालबालिकासँगै म्याट ओछ्याएर सुतेका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको पाइएको प्रहरीले जनाएको छ ।

    बालकलाई राति कानमा सर्पले डसिरहेको देखेपछि सँगै सुतेका अन्य बालबालिकाले हल्लाखल्ला गरेपछि थाहा पाइएको स्थानीयले बताएका छन् । सर्पले डसेपछि बालकलाई उपचारका लागि लालबन्दी नगरपालिका-१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।

    उपचार केन्द्रमा भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेपछि जनकपुरमा उपचारको क्रममा बालकको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सर्प

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij