वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा सोमबार सात सय १० सदस्य मनोनयन गरेका हुन् ।
सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी नेविसंघमा सदस्य थप गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति देउवाले २०७८ चैत ९ गते नेविसंघको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij