Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

धाैलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सेवा सुरु हुँदै

धाैलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सेवा सुरु हुँदै

  • 248
    SHARES
  • धाैलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सेवा सुरु हुँदै

    बाग्लुङ। धाैलागिरि अस्पताल बाग्लुङमा सिटीस्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रिएको छ । पोखरा बाहिर पहिलोपटक धाैलागिरि अस्पतालमा सिटीस्क्यान उपकरण भित्रिएको हो ।

    यो सेवाले धाैलागिरिको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीलाई सहज हुने छ ।

    गण्डकी प्रदेश सरकारले धाैलागिरि अस्पतालमा सिटीस्क्यान सेवाका लागि आर्थिक वर्ष २०७९÷०८० मा रु १० करोड बजेट विनियोजन गरेको थियो । धाैलागिरि अस्पतालले ‘ग्लोबल टेन्डर’मार्फत खरिद गरेको सिटीस्क्यान उपकरण अस्पतालमा आइपुगेको छ ।

    विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले सिटीस्क्यान सेवा थप गर्न थालिएको धाैलागिरि अस्पताल बाग्लुङले जनाएको छ । 

    अस्पतालमा अहिले १८ विशेषज्ञ चिकित्सकद्वारा विभिन्न विभागीयरुपमै विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छन् ।

    अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप–प्रादेशिक अस्पताल बनाउने योजनाअन्तर्गत उपकरण थप गरेको हो ।
     
    पछिल्लो समय धाैलागिरि अस्पतालले दैनिक चार सयदेखि पाँच सय बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएकामा सिटीस्क्यान गर्न र जटिल प्रकारका समस्यालाई मात्र पोखरा सिफारिस गर्नुपर्ने अवस्थामा सिटीस्क्यान सेवा सुरु भएपछि सिफारिस दर अझै घटेर जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविरन्जन प्रधानले जानकारी दिए ।

    उनले भने, ‘गण्डकी प्रदेश बाहिरको सरकारी अस्पतालमा पहिलो सिटीस्क्यान सेवा प्रदान गर्ने अवस्थामा पुगेका छौँ, सिटीस्क्यान उपकरण भित्रिएको छ, अस्पतालले ग्लोबल टेन्डरमार्फत चीनबाट उपकरण भित्र्याएको हो । अब सिटीस्क्यान गर्न पोखरा, काठमाडौं जानु पर्दैन, एक महिनाभित्रै सिटीस्क्यान सेवा प्रदान गर्ने लक्ष्यअनुसार आवश्यक काममा लागेका छौँ ।’ अहिले उपकरण जडानकार्यको आवश्यक तयारी भइरहेको छ ।

    प्रमुख डा. प्रधानका अनुसार अस्पतालमा भइरहेको जनशक्तिलाई तालिम प्रदान गरेर सेवा सञ्चालन गर्ने बताउँदै आवश्यक जनशक्तिको व्यवस्थापनका लागि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेको छ ।

    अस्पतालमै रेडियोलोजिस्ट भएकाले सेवा सञ्चालनमा समस्या नहुने उनको भनाइ छ ।

    लामो समयको प्रयासपछि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश राजधानी बाहिर सिटीस्क्यान राख्न सफल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

    अठार विशेषज्ञ र ११औँ तहका तीन चिकित्सक भएको र रेडियोलोजिस्ट विशेषज्ञ चिकित्सक भएको अस्पतालमा सिटीस्क्यान सेवा हुनु भनेको धाैलागिरिवासीका लागि सुखद् कुरा भएको शर्माको भनाइ छ ।

    अठार विशेषज्ञ, १० मेडिकल अधिकृतबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालले चिकित्सक थपिँदा अस्पतालमा उपचारका लागि आउने नागकिलाई पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सहज भइरहेको छ ।

    तेइस जनाको दरबन्दी रहेको अस्पतालमा दरबन्दी र छात्रवृत्तिका १८ विशेषज्ञ र १० मेडिकल अधिकृत गरी २८ चिकित्सक कार्यरत रहेको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए ।

    अस्पतालमा आकस्मिक, प्रसूति, ओपिडीलगायत २४ वटा विभाग पूर्णरूपमा सञ्चालनमा आएको प्रमुख डा प्रधानले जानकारी दिए ।

    अस्पतालमा अहिले आइसीयू र एनआइसीयूजस्ता महत्त्वपूर्ण सेवासमेत प्रदान भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # धवलागिरि

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij