Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कञ्चनपुरका एक सयभन्दा बढी घरमा पानी पस्यो

कञ्चनपुरका एक सयभन्दा बढी घरमा पानी पस्यो

  • 200
    SHARES
  • कञ्चनपुरका एक सयभन्दा बढी घरमा पानी पस्यो

    कञ्चनपुर । अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सहत बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दोदा नदीको सहत बढ्दा पुनर्वास नगरपालिका-५ सिम्रीस्थित राना बस्तीका ६० घरमा पानी पसेको बताए ।

    उनका अनुसार वर्षाकै कारण कृष्णपुर नगरपालिका-७ शान्तिपुर टोलमा मोहना नदीको पानी पस्दा ५० घरमा पसेको छ । कञ्चनपुरको चुरे क्षेत्रमा सोमबारदेखि भएको वर्षाका कारण यहाँका खोलानाला र नदीमा जलस्तर बढेको हो ।

    ‘घरभित्र पानी पसेपनि डुबान नै भएर विस्थापित हुनुपर्ने स्थिति छैन’, प्रवक्ता डाँगीले भने, ‘पानी पसेको क्षेत्रमा सुरक्षाकर्मीको टोली पनि खटिएका छन् ।’

    सुरक्षा निकायले यहाँको शुक्लाफाँटा नगरपालिका-७ कालापानीस्थित स्याली नदीमा फसेका दुई र कृष्णपुर नगरपालिका-१ स्थित ओदाली खोलामा फसेका दुई जना गरी चार जनाको उद्धार गरेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij