Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिरोले सडक अवरुद्ध

लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिरोले सडक अवरुद्ध

  • 269
    SHARES
  • लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिरोले सडक अवरुद्ध

    बुटवल । वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिरोले राजमार्गहरु अवरुद्ध भएका छन । लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिराले सवारी आवागमन अवरुद्ध भएका हुन ।

    बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्ड, भालुवाङ-प्यूठान सडकखण्ड र लमही-घोराही सडकखण्ड पहिराले अवरुद्ध भएका छन ।

    सिद्धार्थ राजमार्गको  बुटवल-पाल्पा खण्डअन्तर्गत सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ ।

    राजमार्गको बुटवल-पाल्पा खण्डको तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेर राजमार्ग अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

    सिद्धबाबा निर्माणाधीन सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो झरेपछि सवारी आवागमन पूर्णरुपले अवरुद्ध भएको प्रहरीले जनाइएको छ । सो स्थानमा साउनको केही दिनदेखि पटक-पटक पहिरो खस्दा निर्माणाधीन सुरुङमार्गको प्रवेश बिन्दुमै क्षति पुगेको थियो ।

    पहिरोसँगै ठूला-ठूला ढुंगाहरु सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । यस्तै भालुवाङ्ग-प्यूठान सडकखण्डको गर्जेनी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

    उक्त स्थानमा पाँच दिनदेखि पहिरोले अवरुद्ध भएको सडक पहिरो सफा गरेर मंगलबार मात्र खुलाइएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij