Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

माडीका ६० चेपाङसहित १२० परिवारले पाए खाद्यान्न

माडीका ६० चेपाङसहित १२० परिवारले पाए खाद्यान्न

  • 885
    SHARES
  • माडीका ६० चेपाङसहित १२० परिवारले पाए खाद्यान्न

    काठमाडौं । माडीका विपन्न तथा चेपाङ परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । लियो क्लब अफ भरतपुर युथले शनिबार एक कार्यक्रमबीच माडी नगरपालिका १२० परिवारलाई खाद्यान्न वितरण गरेको हो । 

    माडी ८ का ५३ जना विपन्न परिवार, माडी ७ स्थित परी खोला किनारमा रहेका चेपाङ बस्तीका ६० परिवार र एचआईभी सङ्क्रमित भएका ८ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । यस्तै माडी ८ का २० किसानलाई फरुवासमेत वितरण गरिएको छ ।

    वडा नम्बर ८ को कार्यालयमा वडाध्यक्ष कृष्ण राज अधिकारीले विपन्न परिवारको छनोट गरेका गरेका थिए । उनले धेरै विपन्न नागरिकबाट अति विपन्न छानेको बताए । त्यसमा पनि धेरै जसो दलित समुदायका परिवार छानेको उनले बताए ।

    माडी ७ मा भने चेपाङ गाउँमा नै पुगेर त्यहाँ रहेका सबै ६० घर परिवारलाई खाद्यान्न बाँडिएको थियो । दुई वर्षअघि कुशुम खोलाबाट ती चेपाङ परिवारलाई विस्थापित गरेर बस्ती नजिकको परी खोला किनारमामा ल्याएर राखिएको थियो ।

    खोला किनारमा रहेका उनीहरूको अवस्था निकै दयनीय रहेको वडाध्यक्ष बाल कृष्ण सापकोटाले बताए । एउटै कोठा भएको सानो झुप्रोमा ५/७ जनाको परिवार बसेका उनीहरूको अवस्था निकै दयनीय देख्न सकिन्छ । फाइल तस्बिर 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij