Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सेफ्टी ट्यांकी भत्किएर दुईको मृत्यु

सेफ्टी ट्यांकी भत्किएर दुईको मृत्यु

  • 557
    SHARES
  • सेफ्टी ट्यांकी भत्किएर दुईको मृत्यु

    सङ्खुवासभा । खाँदबारी नगरपालिका-४ सेकाहामा सेफ्टी ट्यांकी भत्किएर दुई जनाको मृत्यु भएको छ । सेफ्टी ट्यांकी भत्किएर खाँदबारी-४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो । 

    गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आज साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए ।

    घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij