Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

डेंगुको संक्रमण बढ्दै, १० हजार नाघ्यो

डेंगुको संक्रमण बढ्दै, १० हजार नाघ्यो

  • 168
    SHARES
  • डेंगुको संक्रमण बढ्दै, १० हजार नाघ्यो

    काठमाडौं । डेंगु भाइरसको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्यांकमा १० हजार सात सय २६ जनालाई डेंगु संक्रमण देखिएको छ ।

    संक्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु संक्रमण बढिरहेको बताए ।

    उनले यसैगरी डेंगु संक्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए । सन् २०२२ मा ५४ हजार ७८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

    संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेंगु संक्रमण देखिएको छ ।

    डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्छ । 

    यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा ८ हजार १०९ जना, बाग्मती प्रदेशमा १  हजार ४५३  जना, गण्डकी प्रदेशमा ४७१ सुदूरपश्चिम प्रदेशमा ३९३ जना, लुम्बिनी प्रदेशमा २१५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा संक्रमण देखिएको छ । नयाँ देखिएका बिरामीमध्ये ९ हजार ९१२ (८९ दशमलव ६० प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन् ।

    सुनसरीपछि मोरङ १ हजार ३४४, धादिङ एक हजार २७ जना, कास्की २२५ जना, धनकुटा दुई सय २३, दार्चुला १९२ जना, झापा १८२, काठमाडौँ एक सय ५१ संखुवासभा १४८ जना र तनहुँ ७९ जनामा डेंगुका बिरामी भेटिएका छन् । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो ।

    मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

    यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिने आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # डेंगु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij