Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

काठमाडौंको कथामा चलचित्र ‘महानगर’

काठमाडौंको कथामा चलचित्र ‘महानगर’

  • 129
    SHARES
  • काठमाडौंको कथामा चलचित्र ‘महानगर’

    काठमाडौं । नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं)को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ ।

    images

    चलचित्रका मुख्य कलाकार अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ ।

    सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिए ।

    उनले भने, ‘विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ । यहाँ बाहिरिया भएर बाँच्नु र संघर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले चलचित्र तयार गरेँ । खासमा यो ‘ह्युमन कनेक्सन्’ र ‘होप’ बारेको चलचित्र हो ।’

    चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    चलचित्रमा नरेन्द्र मैनालीले छायांकन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा संगमले संगीत सिर्जना गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # काठमांडौ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology