वेबटिभी खबर
हरिवन । सर्लाहीको हरिवन नगरपालिका—४ लखन्देही खोलामा शिर छेदन गरी फालिएको अवस्थामा एक युवकको टाउको फेला परेको छ ।
बिहीबार बिहान करिब सात बजे युवकको टाउको फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
के कारणले कसको शिर छेदन गरी फालिएको हो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
टाउको फेला परेको ठाउँमा प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले अन्दाजी २५ वर्षको जस्तो देखिने हल्का दाह्री आएको युवकको टाउको रहेको देखाएको छ ।
शिर छेदन गरिएको अवस्थामा लखन्देही नदिको पुलको दक्षिण पश्चिम खोलाको किनारमा टाउको फेला परेको हरिवन—४ का वडा सदस्य सुवास अधिकारीले थप पुष्टि गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij