Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

डेंगुबाट एक जनाको मृत्यु

डेंगुबाट एक जनाको मृत्यु

  • 222
    SHARES
  • डेंगुबाट एक जनाको मृत्यु

    मकवानपुर । डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय परुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

    उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । चालु आर्थिक वर्ष २०८०/८१ मा डेंगुको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

    जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेंगुको संक्रमण देखिएको सूचना अधिकारी केसीले बताए ।

    पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो । संक्रमितमध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए ।

    चितवनका ३० जनामा डेंगुको संक्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेंगुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो । जसमध्ये चार जना चितवनका थिए ।

  • सम्बन्धित विषय:

  • # डेंगु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij