रासस
किएभ । दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित ६ जनाको मृत्यु भएको छ ।
रुसले खेरसन क्षेत्रमा ६ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले बताएका छन् । सिरोका बल्का गाउँमा उनीहरु मारिएका हुन् । सानिस्लाभ गाउँमा पनि तीन जना मारिएको उनले बताए ।
खेरसनका दुई भिन्न स्थानमा भएका अक्रमणमा चार जना घाइते भएका जानकारी दिँदै मन्त्री क्लाइभेन्कोले जसरी भए पनि आक्रमणकारीलाई परास्त गर्नैपर्ने उल्लेख गरे ।
गत वर्षको प्रारम्भमा रुसी सेना खेरसनबाट फर्केपछि त्यहाँ रुसी आक्रमण रोकिएको छैन । गतवर्षको सेप्टेम्बरमा खेरसन रुसको नियन्त्रणमा आएको दावी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij