Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

गदर २ ले मच्चायो बक्स अफिसमा हंगामा 

गदर २ ले मच्चायो बक्स अफिसमा हंगामा 

  • 127
    SHARES
  • गदर २ ले मच्चायो बक्स अफिसमा हंगामा 

    नयाँ दिल्ली । सन्नी देओलको बहुप्रतिक्षित फिल्म ‘गदर २’ ले रिलिज हुनेबित्तिकै बक्स अफिसमा हंगामा मच्चाएको छ ।  यो फिल्मले बक्स अफिसमा तीन दिनमै किर्तिमानी आम्दानी गरेको छ ।

    images

    पहिलो दिनमै यो फिल्मले राम्रो आम्दानी गरेको थियो । यसले सुरु दिनमै ४० करोड १० लाख भारु आम्दानी गरेको थियो । पहिलो दिनको आम्दानीबाटै यो वर्षको दोस्रो बढी ओपेनिङ कमाई गर्ने फिल्म बन्न सफल भएको छ । यसको तेस्रो दिनको कमाईले पठान र बाहुबली जस्ता फिल्मलाई पछि पार्दै नयाँ किर्तिमान बनाएको हो । तेस्रो दिन यो फिल्मले ५१ करोड ७० लाख भारु कमाएको छ । पठानले तेस्रो दिन ३९ करोड र बाहुबलीले ४६ करोड ५ लाख भारु कमाएको थियो । 

    सन् २००१ मा आएको गदरको सिक्वेल २२ वर्षपछि बनाइएको हो । अहिले भारतमा यो फिल्मको निकै चर्चा र प्रशंसा भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यो फिल्म समीक्षकले गदर २ लाई राम्रो फिल्मको रुपमा चर्चा गरेका छन् । 

    फिल्मको कथा र कलाकारहरुको अभिनयलाई दर्शकले मन पराएका छन् । सिनेमा हलमा फिल्म हेर्न आउने दर्शकको लाइन निकै बढी हुने गरेको छ । यो फिल्म गरेको आम्दानीले पुराना रेकर्डहरूलाई तोड्दै गएको छ । 

    हिट भइसकेको यो फिल्मले तेस्रो दिनसम्म १३४ करोड ८८ लाख भारु कमाई गरेको छ । प्रभासको हिट फिल्म बाहुबली–२ ले तेस्रो दिनमा ७४ करोड मात्रै कमाएको थियो । समीक्षकहरूले यो चलचित्रले चाँडै नै भारु ३ सय करोड आम्दानी गर्ने अनुमान गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology