वेबटिभी खबर
काठमाडौं । कारोबारको दोस्रो घण्टामा सोमबार नेप्से परिसूचक ५४.६४ अंकले घटेको छ । दोस्रो घण्टामा परिसूचक १.८८ प्रतिशतले घटेर २ हजार ८ सय ५०.८२ विन्दुमा पुगेको हो । दोस्रो घण्टाको अवधिमा २ सय १३ वटा कम्पनीको ५ अर्ब ११ करोड ५१ लाख ८९ हजार रुपैयाँ बराबरको शेयर खरिद-बिक्री भएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ९५ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयर मूल्य १ हजार ७ सय ७२ रुपैयाँँमा कारोबार भइरहेको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा सम्पुर्ण नेप्से घटेको हो । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ४.१५ प्रतिशतले घटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij