वेबटिभी खबर
मुगु । मुगुमा जीप दुर्घटना परी चार जनाको मृत्यु भएको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।
प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड-२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।
यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा-७ सीप गाउँका चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजंग नेपाली रहेका छन् ।
त्यस्तै सोरु-६ कै सेरे रोकाया र हुम्ला सिमीकोट-२ का उदीप बोहोरा पनि घाइते भएका छन् । गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँचजना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ ।
सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij