Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

खोलाले बगाउँदा महिला बेपत्ता

खोलाले बगाउँदा महिला बेपत्ता

  • 190
    SHARES
  • खोलाले बगाउँदा महिला बेपत्ता

    बाजुरा । जिल्लाको स्वामी कात्तिक गाउँपालिका-१ मा पर्ने रुडी खोलाले बगाउँदा सोमबार एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    बेपत्ता हुनेमा सोही गाउँपालिका-१ मुिक्तकोटकी ६५ वर्षीया गुवा विक रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्रसिं कठायतले जानकारी दिए ।

    उनका अनुसार कोल्टीबाट घर फर्किने क्रममा रुडी खोला तर्ने क्रममा बगाएर उनी बेपत्ता भएकी हुन् ।

    खोलाले बगाएर बेपत्ता भएको जानकारी हुनासाथ जुड्डी प्रहरी चौकी र मुक्तिकोट अस्थायी प्रहरी पोष्टको टोली खटिई खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कठायतले बताए । 

  • सम्बन्धित विषय:

  • # खोला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij