Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

दार्चुलामा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै

दार्चुलामा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै

  • 143
    SHARES
  • दार्चुलामा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै

    दार्चुला । दार्चुला जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै गएको छ । विगत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक महिनामा उक्त रहेका सम्बन्धविच्छेदका मुद्दाको तथ्यांकले त्यस्ता मुद्दाको संख्या बढ्दै गएको देखाएको हो ।

    गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका मुद्दाहरुमध्ये २४.८७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदसम्बन्धी थिए भने चालु आर्थिक वर्षको एक महिनामा यस्ता मुद्दाको प्रतिशत ३६.३६ प्रतिशत पुगेको छ ।

    गत आर्थिक वर्षमा दर्ता भएका दुई सय पाँचमध्ये ५१ मुद्दा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा रहेको अदालतका सूचना अधिकारी गणेशबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ४६ मुद्दा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका हुन् भने पाँच मुद्दा नयाँ रहेका छन ।

    त्यस्तै चालु आर्थिक वर्षको दुई महिनामै आठ नयाँ मुद्दा दर्ता भएका छन । चालु आर्थिक वर्षको  दुई महिनामा आठ नयाँ र १३ गत वर्षबाट जिम्मवारी सरी आएका गरी २१ सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको  सूचना अधिकारी विष्टले बताए।

    आव २०७८/७९ मा भने सम्बन्धविच्छेदसम्बन्धी ४७ मुद्दा थिए । गत वर्ष एक जोडीले मुद्दा फिर्ता लिएकै दोस्रो दिन पुनः सम्बन्धविच्छेदका लागि निवेदन दिएर सम्बन्धविच्छेद गराएका थिए । सम्बन्धविच्छेदका लागि पुरुषभन्दा महिलाहरुले बढी मुद्दा दिएको पाइएको छ ।

    अदालतका अनुसार आव २०७९/८० मा अभिलेख कायम गरिएका ४९ सम्बन्धविच्छेदका मुद्दाहरुमध्ये ६५ प्रतिशतभन्दा बढी ३३ जना महिलाहरुका तर्फबाट उजुरी परेका थिए भने पुरुषहरुको संख्या १६ मात्रै रहेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij