Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

भारतको बिहारमा एक पत्रकारको गोली हानी हत्या 

भारतको बिहारमा एक पत्रकारको गोली हानी हत्या 

  • 255
    SHARES
  • भारतको बिहारमा एक पत्रकारको गोली हानी हत्या 

    नयाँ दिल्ली । भारतको बिहार राज्यमा पर्ने अररिया जिल्लाको रानीगञ्जमा शुक्रबार बिहान एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । 
     
    रानीगञ्जको एउटा दैनिक पत्रिकाका संवाददाता विमलकुमार यादवलाई घरमै गोली हानेर हत्या गरिएको हो । बन्दुकधारीले बिहानै उनको घरको ढोका ढकढकाएर बाहिर बोलाएर गोली हानेका थिए । 

    दुई वर्षअघि गाउँका प्रधानपञ्च रहेका उनका दाइलाई पनि गोली हानी हत्या गरिएको थियो । उक्त हत्याकाण्डका मुख्य साक्षी रहेका विमलको पनि गोली हानी हत्या गरिएपछि त्यही गिरोहले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । विमललाई पटकपटक बयान फेर्न त्यो गिरोहले धम्की दिँदै आएको थियो । धम्कीबाट बिचलित नभई विमलले दाइको हत्यारा विरुद्ध बयान दिएका थिए । 

    विमलकी पत्नी पुजादेवीले बिहानै ढोका ढक्ढक्याएर श्रीमानको नाम लिएर बोलाएपछि उनी बाहिर निस्केको बताइन । ‘मैले घरको ग्रिल खोलें, उहाँले मूल गेट खोल्नु भयो,’ उनले भनिन्, ‘लगत्तै गोली चलेको आवाज आयो । मेरो श्रीमानको भुइँमा लड्नु भएको र छातिबाट रगत बगेको देखेँ ।’

    घरका सदस्यको रुवाबासी र गुहार सुनेर छिमेकी जम्मा भएपछि प्रहरीलाई घटनाबारे खबर गरिएको थियो । अस्पताल पुर्याए लगत्तै विमललाई मृत घोषित गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # पत्रकार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij