Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नेकपा एसको केन्द्रीय समिति बैठक बस्दै

नेकपा एसको केन्द्रीय समिति बैठक बस्दै

  • 205
    SHARES
  • नेकपा एसको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक बिहान ८ बजे बस्ने भएको छ ।

    बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा मंगलबारदेखि सुरु भएको छैटौँ बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा छलफल जारी रहेकाले आज पनि बैठक बस्न लागेको हो ।

    सोमबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ ।

    उक्त प्रतिवेदनमा मंगलबार सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चाबारे टिप्पणी गरेका थिए ।

    बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्नेछन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा एस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij