Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दुई दाना कम्पनी माथि मुद्दा दायर

दुई दाना कम्पनी माथि मुद्दा दायर

  • 229
    SHARES
  • दुई दाना कम्पनी माथि मुद्दा दायर

    चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरूद्ध मुद्दा दायर गरेको छ ।

    भरतपुर महानगरपालिका-४ मा रहेको पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका वडानम्बर-९ मा रहेको कैलाशपति एग्रो प्रालिलाई मुद्दा दायर गरिएको हो ।

    उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले उनीलाई मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए ।

    उनीहरुलाई दाना पदार्थ ऐन २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गरिएको उनले जानकारी दिए ।

    उनीहरूलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि  ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद मागदाबी गरी मुद्दा दर्ता गरिएको उनले बताए ।

    कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिक दानाको नमूना संकलन गरी २८ वटा कम्पनीको परीक्षणका लागि पठाएको थियो  यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीका लागि कारबाहीका लागि सिफारिस गरिएको छ ।

    चिया र मह उत्पादन गर्ने कम्पनीलाई प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि विभाग पठाइएको अधिकारीले बताए । यस्तै कार्यालयले गत आवमा एक सय वटा विभिन्न खाद्यान्नको नमूना संकलन गरी परीक्षणका लागि पठाएको छ ।

    अधिकारीका अनुसार तत्काल अनुगमन १६ पटक गरिएको छ । पचासी पटक खाद्य बजार अनुगमन, दाना बजार अनुगमन २४ पटक, होटल अनुगमन ६० वटा, खाद्य उद्योग ५९ वटा, १४ वटा दूध, तेल तथा पानी उद्योग अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।

    त्यसैगरी कार्यालयले हाटबजार तथा मेला महोत्सवको आठ पटक अनुगमन गरेको छ । चालु आवमा समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको उनले बताए ।

    स्थानीय पालिकासँगको समन्वयमा गुनासो आएका स्थानको निरीक्षण अनुगमन गरिएको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij