वेबटिभी खबर
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा राजतन्त्रको पक्षमा फर्किएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले महाधिवेशनमा हराएको भन्दै आक्रोशित थापाले राजतन्त्र पुनस्र्थापनाको एजेन्डा छोडेर नयाँ पार्टी गठन गरेका थिए । उक्त एजेन्डा छोडेर थापाले काग्रेस, एमाले र माओवादीको शरण पनि मागेका थिए । राजतन्त्र पुनस्र्थापनाको मुद्दा नै गलत भएको भन्दै थापाले एमालेको चुनाव चिह्न लिएर चुनाव लडेका थिए ।
तर, अहिले उनी पुनः राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राजसंस्था पुनस्र्थापनाको पक्षमा रहेको बताएका छन् । प्रतिवेदनमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र राप्रपा नेपालको मूल विचार हुने उल्लेख गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij