Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

ईसीडी शिक्षकलाई न्युनतम पारिश्रमिक कहिले ?

ईसीडी शिक्षकलाई न्युनतम पारिश्रमिक कहिले ?

  • 8.9K
    SHARES
  • ईसीडी शिक्षकलाई न्युनतम पारिश्रमिक कहिले ?

    काठमाडाैं । रुपन्देहीको सैनामैना नगरपालिकाले बाल विकासका शिक्षक र विद्यालय कर्मचारीकाे न्यूनतम पारिश्रमिक सुनिश्चित गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दे नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरूप विद्यालय बाल विकासका शिक्षक/शिक्षिका र विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिक सुनिश्चित गरिएको जनाएको हो ।

    images

    त्यसैगरी  'प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता ' भन्ने नारालाई साकार पार्न विद्यालयलाई सूचना प्रविधियुक्त बनाउने कार्यलाई निरन्तरता दिइने भएको छ ।

    कक्षा कोठामा गरिने शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउन लागत साझेदारिमा एक शिक्षक एक ल्यापटप कार्यक्रम संचालन गर्ने र शिक्षकलाई सूचना प्रविधि मैत्री बनाउन प्रविधिमैत्री दक्ष शिक्षकबाट अन्य शिक्षकमा सीप हस्तानतरण गर्ने व्यवस्था नीतिमा समावेश गरेको छ ।

    नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरी उत्कृष्ट ठहरिएका ३ वटा विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्ने भएको छ । विद्यालयको शैक्षिक गुणस्तर परीक्षणको आधारमा उत्कृष्ट ठहरिएका शिक्षकलाई पुरस्कृत गरिने जनाएको छ ।

    बालबालिकाको सिकाइ क्रियाकलाप अभिवृद्धि गरी शैक्षिक गुणस्तर सुदृढिकरण गर्न विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सूचना प्रविधिको पूर्वाधार विकास गरिने छ । आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमशः लागु गरिने छ ।

    विद्यार्थी प्रतिभा पहिचान गरी उत्कृष्ट प्रतिभालाई प्रोत्साहन गरिने छ । कोभिड-१९ का कारण भौतिक रूपमा उपस्थित भई विद्यालय सञ्चालन हुन नसकेको अवधीभर वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । विद्यार्थीको चाप बढी भएका विद्यालयको भौतिक पूर्वाधार विकासमा जोड दिइने र नगर भित्रका सवै विद्यालयलाई एकै किसिमको रंगरोगन गर्न प्रोत्साहन गर्ने भएको छ ।

    पूर्व प्राथमिक कक्षा देखि कक्षा ३ सम्म रमाइलो र सजावट युक्त वालमैत्री कक्षा व्यवस्थापन गर्दे प्राथमिक तहका सबै बालबालिकालाई विद्यालयमा निःशुल्क, स्वच्छ र स्वास्थ्यवर्धक खाजा, स्वच्छ खानेपानीको व्यवस्था, विद्यालयमा अध्ययनरत सबै छात्रालाई आवश्यक पर्ने सेनेटरी प्याड निःशुल्क उपलब्ध हुने व्यवस्था हुने भएको छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology