वेबटिभी खबर
विराटनगर । जिल्ला प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij