Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाग्मती प्रदेशका सवारी साधनको भाडामा वृद्धि

बाग्मती प्रदेशका सवारी साधनको भाडामा वृद्धि

  • 162
    SHARES
  • बाग्मती प्रदेशका सवारी साधनको भाडामा वृद्धि

    बाग्मती । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ ।

    मन्त्रालयले एक सूचना जारी गर्दै बाग्मती प्रदेशअन्तर्गत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ ।

    आजदेखि लागू हुनेगरी जारी गरिएको भाडादर वृद्धिमा काडमाडौँ उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीको भाडादर आठ दशमलव तीन प्रतिशतले वृद्धि भएको बताइएको छ ।

    काठमाडौं उपत्यकाबाहिरको हकमा अर्थात उपत्यका बाहेकको स्थानमा चल्ने सवारी साधनको भाडादर पाँच दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ ।

    जसअनुसार अब काठमाडौं उपत्यकामा पाँच किमीसम्मको न्यूनतम भाडादर एकले बढेर १९ कायम गरिएको सो मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी उपत्यकामा १० किमीसम्मको लागि २६, १५ किमीसम्मको  ३१, २० किमीसम्मको  ३५ र २० किमीभन्दा माथिका लागि ४० भाडादर कायम गरिएको छ । 

    मन्त्रालयको सूचनामा काठमाडौं उपत्यकाबाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने यात्रुवाहक सवारी साधनको साविक भाडामा पाँच दशमलव ३१ प्रतिशतले वृद्धि गरिएको जनाइएको छ ।

    यसैगरी पेट्रोलियम पर्दाथबाट चल्ने ट्याक्सीको भाडादर तीन दशमलव ४४ प्रतिशत र मालवाहक सवारी साधको भाडादर प्रतिकिमी प्रतिटन सात दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।

    पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सवारी साधनको भाडादरमा पनि वृद्धि गर्नुपरेको सूचनामा जनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij