Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

दुई सय वर्ष पुरानो चौतारो पुनःनिर्माणमा महिला सक्रिय

दुई सय वर्ष पुरानो चौतारो पुनःनिर्माणमा महिला सक्रिय

  • 1.4K
    SHARES
  • दुई सय वर्ष पुरानो चौतारो पुनःनिर्माणमा महिला सक्रिय

    गण्डकी । ऐतिहासिक महत्व बोकेका चौतारा एवं पाटी पौवाहरू संरक्षणको अभावमा लोप हुँदै गएको अवस्थामा यहाँको एक महिला समूहले भने दुई शताब्दी पुरानो चौताराको पुनःनिर्माण कार्य थालेको छ ।

    images

    सामाजिक सेवाका क्षेत्रमा क्रियाशील सिलिङे चेतना महिला समूहको सक्रियतामा पोखरा महानगरपालिका ३३ भरतपोखरीको मनियलडाँडास्थित ऐतिहासिक चौताराको पुनःनिर्माण गर्न लागिएको हो ।

    करिब दुई लाख रुपैयाँको लागतमा पुनःनिर्माण गर्न लागिएको चौताराका लागि महानगरपालिकाबाट एक लाख रुपैयाँ विनियोजन गरिएको समूहका सचिव सीता केसी महतले बताइन् । मल्लकालीन कोटभैरव मन्दिर जाने मुख्य चोकमा रहेका कारण यस चौताराको अस्तित्व प्राचीनकालदेखि रहँदै आएको बुढापाका बताउँछन् ।

    स्थानीय ज्येष्ठ नागरिकहरू लीलबहादुर महत र सोमबहादुर थापा विभिन्न प्रमाण समेतका आधारमा झण्डै २०० वर्ष पहिलादेखि नै यस चौताराको अस्तित्व रहँदै आएको बताउँछन् । स्थानीय ऐतिहासिक महत्वका सम्पदाको संरक्षणलाई समूहले उच्च प्राथमिकतामा राख्दै त्यसका लागि सम्बन्धित निकायमा पहल गरिरहेको समूहका अध्यक्ष कर्णकुमारी महतले बताइन् ।

  • सम्बन्धित विषय:

  • # चाैतारा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology