काठमाडौं । चीनले उइगर मुस्लिम तथा अन्य जातीय अल्पसंख्यकका लागि एक नीति अवलम्बन गर्दैछ । घरमा उनीहरुको जनसंख्या कम गर्ने प्रयास स्वरुप अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई उनको घरभन्दा टाढा कामका लागि पठाउने नीति अवलम्बन गर्न लागेको खुलासा भएको छ ।
बिबिसीको एक अध्ययनबाट यसको खुलासा भएको हो तर चीन सरकार यसलाई स्वीकार्न तयार छैन । सरकारले ती अल्पसंख्यक समुदायको आय वृद्धि गरी गरिबी निर्मूल पार्ने उद्देश्यले कामका लागि बाहिर पठाउने नीति लिएको दाबी गरेको छ ।
अध्ययनअनुसार चीनको सिनजियांग प्रान्तमा बनाएको पुर्नशिक्षा शिविरमा उनीहरुलाई नियन्त्रण गर्ने, शोषण गर्ने खतरा रहेको छ । बिबिसीले उच्च अधिकारीको जानकारीका लागि बनाइएको तर असावधानीबस अनलाइन राखिएको प्रतिवेदन, हल्ला फिजाउन बनाइएका रिपोर्टहरू, अन्तरवार्ताहरू र सिनजियांगलगायत चीनका विभिन्न स्थानमा रहेका कारखाना, गाउँको स्थलगत भ्रमण गरेर अध्ययन गरेको हो । बिबिसीले दुई प्रमुख पश्चिमी ब्रान्डका कम्पनीमा उइगर श्रमिकहरू सारिनुका कारणबारे प्रश्न सोधेको थियो । किनभने त्यसले विश्वव्यापी रूपमा सामान उपलब्ध बनाउने कम्पनीहरूमाथि गम्भीर चासो उत्पन्न भएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij